• ON AIR
  • UP NEXTधरान खबर

लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग

धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ ।


उक्त सहयोग लायन तारा देवन (MJF)द्वारा आश्रमका अध्यक्ष रुकमणी मास्केलाई प्रदान गरिएको थियो । उक्त रकम बाल आश्रममा रहेका २५ जना अनाथ बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि प्रदान गरिएको हो ।


स्थापना दिवसको अवसरमा गरिएको यस कार्यले लायन्स क्लब अफ दन्तकाली धरानको समाजसेवामा समर्पित योगदानलाई उजागर गरेको लायन्स क्लव अफ दन्तकाली धरानका अध्यक्ष सावित्री ईवारामले बताएकी छन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रम लायन रेखा गुरुङ LCIF को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


धरान ३ मा रहेको सरस्वती बाल आश्रमले अनाथ बालबालिकाहरूको संरक्षण र पालनपोषण गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने

धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो

प्रगति युवा समाजद्वारा आयोजित रक्तदानमा ३७ पिण्ट रगत संकलन

धरान(२०८०-०९-०३) - प्रगति युवा समाज, धरान १६ ले आयोजना गरेको छैठाैँ रक्तदान कार्यक्रममा ३७  पिण्ट रगत संकलन भएको छ ।   “हाम्रो अभियान लागुऔषध